काठमाडौं । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेका क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि यूएई पठाउन लागेको हो ।
विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ । विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको हो ।
यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको उनको भनाइ छ । कसलाई प्रतिस्थापन गर्ने भन्ने चाहिँ टिम म्यानेजर र प्रशिक्षकले तय गर्ने उनले बताए ।