काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले कसैको इशारामा चलेर नागरिकता विधेयक रोकेकी बताएकी छिन् । बिहीबार पत्रकारहरूसँगको भेटघाटमा उपाध्यक्ष अर्यालले राष्ट्रको अभिभावक कुनै दल विशेषको इशारामा चल्न नहुने बताएकी हुन् ।
संवैधानिक अभिभावकको भूमिकामा नरही नागरिकता विधेयक रोकेको उपाध्यक्ष अर्यालले बताइन् । ‘राष्ट्रपति कसैको इशारामा चल्ने होइन नि । राष्ट्रपति त देशको अभिभावक हो नि, पार्टीको लेभलभन्दा माथि उठ्न पर्यो नि,’ उनले भनिन् ।