कुशलको विकेटमा नेपाललाई चौथो सफलता

दियो पोस्ट  

काठमाडौं । युएईमा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पपुवान्युगिनीको चौथो विकेट लिएको छ।

नेपालका लागि कुशल मल्लले ११ रन बनाएर खेलिरहेका कप्तान आसाद भालालाई एलबिडब्लुको धरापमा पारे।

भालाले १९ बलमा १ चौकासहित ११ रन बनाएका थिए।

त्यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले १(१ विकेट लिएका थिए। एक विकेट रन आउटबाट आएको थियो।

पावरप्लेसम्म उत्कृष्ट सुरूआत गरेको पिएनजीले पावरप्लेमा बिना कुनै विकेट क्षति ४२ रन बनाएको थियो। तर पावर प्ले लगत्तै सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाए।

उनले ओपनर किप्लिन डोरिगालाई बोल्ड गर्दै पिएनजीको साझेदारी तोडेका थिए।

डोरिगाले ४३ बल खेलेर तीन चौकासहित २६ रन बनाएर आउट भए।