पिएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य

दियो पोस्ट  

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को खेलमा पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई १८० रनको लक्ष्य दिएको छ।

दुबईमा भइरहेको नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजी ४ बल खेल्न बाँकी छदा १७९ रनमा अलआउट भयो।

पिएनजीका ओपनरद्वय टोनी उरा ३९ रन र किप्लिन डोरिगा २६ रन जोडे। उरालाई सोमपाल कामीले क्याच आउट गर्दा डोरिगालाई सन्दीप लामिछानेले एलबिडब्लूको धरापमा पारे।

सेसे बाउलाई आसिफ शेखले ११ रनमा रनआउट गर्दा कप्तान असद भालालाई कुशल मल्लले एलबिडब्लूको धरापमा पार्दै पेभेलियन पठाए।

दिपेन्द्रसिंह ऐरीले करण केसीको सहयोगमा छैटौं विकेटको रुपमा चाड सोपरलाई ९ रनमा रनआउट गरेका थिए। त्यअघि दिपेन्द्रले नै पाँचौं विकेटको रुपमा गौडी टोका १५ रनमा बोल्ड गरेका थिए।

सिफारिस