बैंकविरूद्धका गलत गतिविधि रोक्न सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन

दियो पोस्ट  

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु विरूद्ध हुने गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको स‌ंगठित आक्रमणको प्रयासपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षा प्रबन्ध गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन निर्देशन भएको गृहले जनाएको छ ।

१ फागुनमा विवादस्पद छविका व्यवसायी दुर्गा प्रसाईंले झापामा सभा गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए ।