काठमाडौं । काठमाडौं मिनभवनस्थित सरकारीमातहतको निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर विधाननिधि पौडेलविरुद्ध अख्तियारमा मुद्दा परेको छ ।
पौडेलविरुद्ध छानबिनसहित कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
मुलुकको सार्वजनिक खरिद नियमावली २०६३ को व्यवस्थाविपरीत डा. पौडेलले आर्थिक सेटिङसहित लोकस्ट वन, लोकस्ट टु र लोकस्ट थ्रिको स्वघोषित मापदण्ड तय गर्दै अस्पताल प्रयोजनको लागि टेन्डर प्रक्रियामार्फत जीवनरक्षक मेरो पेनम इन्जेक्सन एन्टिबायोटिकलगायतका थप विभिन्न प्रकारका औषधि खरिदको क्रममा आर्थिक सेटिङसहितको करोडौँको आर्थिक अनियमितता गरेको भन्दै सचेत नागरिक समूहको तर्फबाट डा. पौडेल र औषधि खरिदको लागि सिफारिस गर्ने ड्रग थेरापिटिकल कमिटीविरुद्ध उजुरी दर्ता गरेको हो ।
शुक्रबार दर्ता भएको सि—०४५५२६० उक्त उजुरीमा डा पौडेलले अस्पतालको कार्यकारी निर्देशकजस्तो महत्वपूर्ण पदीय जिम्मेवारीको दुरुपयोग गर्दै सार्वजनिक खरिद ऐन २०६३ अनुसार गरेको करिब आठ करोडभन्दा बढी लागतको टेण्डर मानव स्वास्थ्यमाथि गम्भीर घात र राज्यमाथि आर्थिक दायित्वको बोझ सृजना गर्दै कालोसूचीमा परेको औषधि सप्लाई फर्मलाई औषधि सप्लाइको स्वीकृति दिनेजस्तो बदनियत काम कारबाहीसँगै यूएसएफडीएसँगै युरोपेनम जीएमपी र डब्लुएचओले प्रमाणित गरेको कम मूल्यको औषधिभन्दा बढी मूल्यको औषधि सप्लाई स्वीकृत गर्दै आर्थिक चलखेलसहित आर्थिक सेटिङ मिलेका १६ वटा औषधि सप्लाई फर्मको नामावली स्वीकृत गरेको आशय उल्लेख गर्दै तत्काल छनबिनसहित कारबाहीको माग गरिएको अस्पताल स्रोतले जनाएको छ