मुस्ताङमा विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति दिएका छैनौंः प्रधानमन्त्री

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति नदिएको बताएका छन् । हालै मात्र एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाएका थिए ।
उनले भने, ‘नेपाल सरकारले कहीँकतै स्विकृति दिएको छैन ।’

मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने समेत उनले बताए ।