रविविरुद्धको मुद्दामा सर्वोच्चले जारी गर्‍यो फैसलाको पूर्णपाठ (पूर्णपाठसहित)

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको छ । सर्वोच्च अदालतको गत माघ १३ गते नेपाली नागरिकताको पुनर्प्राप्तीको प्रक्रिया नभएको भन्दै उम्मेदवारी खारेज गरेपछि लामिछानेको सांसद पद गुमेको थियो ।

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले फैसला गरेको थियो । अदालतको फैसलापछि लामिछानेले माघ १५ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः प्राप्त गरेका थिए ।