अहिलेका गठबन्धन कुर्सीकै लागि हुन्, नीति तथा कार्यक्रममा भएको देखिन्नः खनाल

दियो पोस्ट  

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आठ दलीय गठबन्धनको भविष्य नरहेको संकेत गरेका छन्। बुधवार मोरङको उर्लाबारी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन कुर्सीका लागि मात्रै बनेको बताए।

उनले भने, ‘मंसिर ४ को निर्वाचनपछि अहिले तीन महिना मात्रै भयो। यही समयमा तीनवटा समीकरण भइसक्यो। पाँच वर्षको समय बाँकी छ। त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ। अहिलेको गठबन्धन नीति तथा कार्यक्रममा भएको देखिएको छैन। कुर्सीकै कुरा हो।’

उनले नेकपा (माले) र नेकपा (एमाले) ले आम जनता र राष्ट्रको आवाज बोलेकाले सशक्त पार्टी निर्माण भएको बताउँदै राष्ट्र र जनता बिर्सिदा पार्टीहरू कमजोर र विभाजन हुने गरेको बताए। एमाले, माओवादी, जसपा कोहीसँग पनि पार्टी एकीकरणको सम्भावना नरहेको प्रष्टाए।