नेपालको दोस्रो विकेट पतन

आईसीसी क्रिकेट विश्वकप लिग २

दियो पोस्ट  

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

कुशल मल्ल २ रन बनाएर आउट भएका हुन् । उनले ८ बल खेले । कुशललाई पनि पीएनजीका रिले हेकुरेले २०.६ ओभरमा एलेइ नाओबाट क्याचआउट गराएका हुन् ।

२२ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर १२४ रन बनाएको छ । ओपनर आसिफ शेख ७० रन बनाएर खेलिरहेका छन् ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो ।