उपराष्ट्रपतिमा जसपाले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने

दियो पोस्ट  

काठमाडौं । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए । रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।