नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट

दियो पोस्ट  

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।

नेपालले युएईको चौथो विकेट लिएको छ। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २७ औं ओभरको पहिलो बलमा आयन अफजाल खानको विकेट लिएका हुन्।

११ बल खेलेर ३ रन बनाइरहेका अफजाललाई गुलसन झाले क्याच आउट गरे।