यी पाँच वर्षमा प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री हुने सहमति छः निधि

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दुई वर्षको कार्यकालपछि एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने बताएका छन्। त्यसपछिको दुई वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनको भनाइ छ।

कांग्रेस ललितपुर नगर समितिले बिहीबार बिहान गरेको कार्यक्रममा बोल्दै निधिले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी हुने पनि दाबी गरे। ‘उपराष्ट्रप

ति निर्वाचनलगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ। त्यसपछि कांग्रेस सरकारमा जान्छ,’ निधिले भने, ‘गठबन्धन दलहरूबीच सहमति पाँच वर्षसम्म कायम रहन्छ।’ निधिले पहिलो दुई वर्ष प्रधानमन्त्री प्रचण्डकै सरकार निरन्तर रहने पनि दाबी गरे। ‘पहिलो चरणमा प्रचण्ड, दोस्रोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो चरणको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति छ,’ उनले भने।