काठमाडौंको गेटवे एकेडेमी भित्र वार्डेनको दादागिरी : साना विद्यार्थीलाई कोठामै थुनेर निर्घात कुटपीट

दियो पोस्ट  

 

काठमाडौं । पुरानो सिनामंगलस्थित गेटवे एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि निर्घात कुटपीट हुने गरेको खुलाशा भएको छ ।

विद्यालयको होस्टेलका वार्डेनका रुपमा कार्यरत स्पेनिश रायमाझीले केही विद्यार्थीलाई कोठा कोठामा थुनेर कुटपीट गर्ने गरेको पीडित विद्यार्थीले दियोपोस्टलाई बताए ।

कक्षा ९ मा कार्यरत राहुल थापालाई रायमाझीले निर्घात रुपमा कुटपीट गरेको पीडित विद्यार्थीले गुनासो गरेका छन् । रायमाझीको कुटाईबाटी थापाको शरिरभरी निलडाम देखिएको छ । ‘हाम्रो बच्चालाई कोठामै लगेर कुटपीट गरिँदो रहेछ । अन्य विद्यार्थीले पनि यस्तो गुनासो गर्ने गरेका छन् । खेलकुदमा महिला र पुरुष सँगै राखेर खेलाइन्छ । अनि महिलालाई छोइयो भन्दै कोठामै लगेर कुटिने गरेको रहेछ,’ ती परिवारले दियोपोस्टलाई भने ।
विद्यार्थीका परिवारका अनुसार विद्यालयको शुल्क (फि) समयमा नतिरेको भन्दै विद्यालय प्रशासनले यातना दिने गरेको छ ।

अहिले मात्रै होइन पहिले पनि आफूहरुमाथि कुटपीट हुने गरेको उनीहरुको गुनासो छ । प्रिन्सिपल आरडी भट्टले घाइते विद्यार्थी थापमाथि नै आरोप लगाए । ‘आज भएको घटना रहेछ । मैले उसको परिवारलाई पनि भोली अफिसमा बोलाएको छु । के भएको रहेछ त्यो त म भोली नै भन्न सक्छु । तर, त्यो बाबुले एक छात्राको संवेदनशिल अंगमा छोएको भन्ने कुरो आएको छ,’ उनले भने,‘ती छात्राले प्रहरीमा उजुरी दिन लागेकी छिन् । त्यो विषयमा भोली नै विस्तृतमा भन्न सक्छु ।’
मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार बालबालीकामाथि कुटपीट गर्नु अपराध हो ।

यस्तो अपराधमा संलग्न विरुद्ध पीडित बालबालीकाले जाहेरी दिए शिक्षक समेत कानुनी कारबाहीको दायरमा आउने गरेका छन् । विद्यार्थीलाई कुटपीट गर्ने केही शिक्षकलाई प्रहरीले यसअघि पनि पक्राउ गरि मुद्दा चलाएको छ ।

सिफारिस