महिला नै उपराष्ट्रपति हुनुपर्छ : ममता झा

दियो पोस्ट  

काठमाडौं । उपराष्ट्रपति निर्वाचनकी उम्मेदवार ममता झाले महिलाको जित सुनिश्चित भएको दाबी गरेकी छन् । उपराष्ट्रपति निर्वाचनमा भाग लिएपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै झाले संविधानको मर्मलाई बुझेका सांसदहरुले महिलालाई नै मत दिने र जिताउने विश्वास व्यक्त गरिन्।

उपराष्ट्रपति पदमा महिला चुनिनुपर्ने बताउँदै उनले भनिन्, ‘मेरो प्रष्ट भनाइ यो छ, महिला एकता जिन्दावाद । सबै महिला एक हौं । नेपाली महिला एक हौं ।’