उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्य भन्छिन्– १० दलले संविधानको मर्ममाथि प्रहार गरे

दियो पोस्ट  

काठमाडौं । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन्ड बसालिएको बताएकी छन् ।

शुक्रबार उपराष्ट्रपतिको निर्वाचनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । आवश्यक्ताका कारण आफू उपराष्ट्रपतिमा उठेको प्रस्टीकरण दिँदै शाक्यले आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताइन् । ‘म जित्नेमा ढुक्क छु । १० दल एकातिर बसे पनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने, संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरूप गलत ट्रेन्ड बसा’को छ, यो एकदमै गलत भयो,’ शाक्यले भनिन् ।

संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरूप गलत ट्रेन्ड बसाएको उनको आरोप छ ।