काठमाडौं । उपराष्ट्रपति चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघतर्फ तीन सय ११ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन सय ३२ तथा प्रदेश सभाका पाँच सय ५० मतदाता छन्।
आज अपराह्न ५ बजेभित्रै परिणाम घोषणा गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ।