काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन्।
उनले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन–चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए। प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए।
उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु।’