प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि जाने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सोमबार पुष्पकमल दाहालले विश्वासको मत लिन लाग्दैछन् । कांग्रेस आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाटै सत्तापक्षको बेन्चमा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको संख्याबारे पनि सोमबारबाट ठोस छलफल हुने उनले बताए ।