प्रधानमन्त्री उपस्थित हुँदाहुँदै मन्त्रीले विधेयक पेस गरेको भन्दै एमालेको विरोध

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं उपस्थित हुँदा–हुँदै प्रधानमन्त्री कार्यालयको विधेयक अर्कै मन्त्रीले पेस गरेको भन्दै एमालेले विरोध जनाएको छ। प्रधानमन्त्रीले संसद्को अपमान गरेको भन्दै एमालेका तर्फबाट योगेश भट्टराई र रघुजी पन्तले विरोध जनाएका हुन्।

संसद्‌मा संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस भएको छ। सञ्चार मन्त्री रेखा शर्माले पेस गरेकी छन् ।
उनीहरुले यो विषयमा सभामुखबाट रुलिङ गर्न पनि माग गरे । तर सभामुख देवराज घिमिरेले सञ्चारमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्ने अनुमति दिए ।