स्ववियु निर्वाचनः बुढीनन्दा क्याम्पसमा अनेरास्ववियु र गठबन्धनका विद्यार्थीबीच झडप

दियो पोस्ट  

बाजुरा । बाजुराको बुढीनन्दा क्याम्पसमा झडप भएको छ । स्ववियु निर्वाचनको मतदान चलिरहँदा नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको हो ।
मतदानको क्रममा विद्यार्थी संगठनका नेताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जननाएको छ । प्रहरीले भिड नियन्त्रण गर्न लागि अश्रुग्याँस र हवाई फायरसमेत गरेको छ । एकजना विद्यार्थीलाई पक्राउ गरिएको छ ।