प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छः नेपाल

'सरकारमा नगए पनि प्रतिपक्षमै बस्न पनि मिल्छ'

दियो पोस्ट  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबै सांसदहरूले विश्वासको मत दिँदा राम्रो हुने बताएका छन्।

प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा नयाँ बानेश्वरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा पनि बस्न मिल्ने बताए।

‘प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छ। सरकारमा नगए पनि प्रतिपक्षमै बस्न पनि मिल्छ,’ उनले भने।

आजै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले संसदमा सत्तापक्ष लहरमा बस्ने निर्णय गरेको थियो।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।

गत पुस २६ मा पनि एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो।

सम्बन्धित खबर