फेरि संसद विघटनको संकेत आएपछि परिस्थिति फरक भयोः देवेन्द्र पौडेल

दियो पोस्ट  

काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले फेरि संसद विघटनको संकेत आएपछि अहिलेको परिस्थिति निर्माण भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

संसद विघटन गर्न नहुने सर्वोच्च अदालतको फैसलालाई नमान्ने खालका अभिव्यक्ति एमालेबाट आएपछि परिस्थिति फेरिएको पौडेलले प्रष्ट पारे ।

‘विगतमा दुईदुई पटक यो सम्मानित सदन विघटन भयो । कसका कारणले विघटन भयो ? कहाँ लेखिएको छ, कुन धारामा लेखिएको छ ? जवाफ दिन सक्नु हुन्छ ?  त्यही कुरा सर्वोच्च अदालतले करेक्सन गर्याे । सच्याई दियो गल्ती भयो भनेर । अनि साथीहरु, माननीयज्यूहरु यहाँ आएर भन्नु हुन्छ–मैले त बहादुरी गरेँ । मैले राम्रो गरेँ । त्यसमा लाहाछाप लगाउन, त्यही कुरालाई सदर गर्नका लागि यो प्रतिनिधिसभा निर्वाचनबाट आएको हो र ?’ पौडेलले प्रश्न गरे ।