एकीकृत समाजवादीबाट बेदुराम भूसाल र प्रकाश ज्वाला मन्त्री बन्ने

दियो पोस्ट  

काठमाडौं । एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भूसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन्।

एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले हालसम्म प्राप्त दुई मन्त्रालयमा उनीहरुलाई पठाउने निर्णय गरेको हो।

उपमहासचिव भूसालले अहिलेसम्म दुई मन्त्रालय दिइने भनिएकोमा आफूहरुलाई पार्टीले सिफारिस गरेको पुष्टि गरे। थप एउटा मन्त्रालयको दाबी कायम रहेको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले एउटा भए पनि मन्त्रीको नाम दिन भनेपछि एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो।
ज्वाला यसअघि कर्णाली प्रदेशको भने अर्थमन्त्री भइसकेका छन्। २०६७ सालमा प्रधानमन्त्री बनेका झलनाथ खनाल प्रधानमन्त्री भएको बेला ज्वाला खनालको प्रमुख राजनीतिक सल्लाहकार बनेका थिए।

सल्यानबाट तेस्रो पटक निर्वाचित भएका ज्वाला २०७० सालमा संसदमा अर्थ समितिको सभापति बनेका थिए।

उपाध्यक्ष भुसाल राष्ट्रिय सभामा नेकपा एस संसदीय दलका नेता हुन्।

उनी दोस्रो कार्यकालका लागि राष्ट्रिय सभाका सांसद बनेका हुन्। नेकपा एस विभाजन हुँदा महासचिव बनेका वेदुराम भुसाल चैत ५ गते उपाध्यक्ष बनेका हुन्।

सम्बन्धित खबर