मन्त्रिपरिषद् विस्तार : बालुवाटार बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

दियो पोस्ट  

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको दश दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको छ । मन्त्रालय बाँटफाँटको विषयमा कुनै सहमति जुट्न नसकेपछि भोलि फेरि बस्नेगरी बैठक सकिएको हो ।