पेनाल्टी सुटआउटमा नेपाललाई हराउँदै जोर्डनले जित्यो उपाधि

वाफ महिला च्याम्पियनसिप २०२४

दियो पोस्ट  

काठमाडौं । तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनले बिहीबार वास वुमेन्स च्याम्पियनसिपमा नेपाललाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै उपाधिको रक्षा गरेको छ । टाइब्रेकरमा जोर्डनका सबै पाँच खेलाडीले गोल गरे । नेपालका लागि भने अमृता जैसी गोल गर्न चुकिन् । उनको प्रहार जोर्डनको गोलरक्षक स्रेरिन आइसलबेले रोकेकी थिइन् ।

रोजबहानले जोर्डनका लागि निर्णायक गोल गरिन् । जोर्डनका लागि अयाह अल मजाली, मायसा जब्राह र नुर जोकासले पनि गोल गरे । नेपालका तर्फबाट भने गीता राना, दीपा शाही र हिरा भुजेले गोल गरे । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगेको थियो र खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो ।