सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बर्खास्त गरे माओवादीका मन्त्री

नयाँ सत्ता समिकरणको प्रभाव

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त भएका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।

केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन्।

बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन्।

केन्द्रीय सरकारमा आएको दलीय समीकरण परिवर्तनसँगै प्रादेशिक सरकारमा समेत प्रभाव परेको छ ।

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ जना सांसद छन्।