पदम गिरी मन्त्री बनेपछि एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेले मेहश बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । सचेतक रहेका उनलाई प्रमुख सचेतकमा बढुवा गरिएको एमाले स्रोतले जानकारी दिएको छ ।

सचेतकमा सुनिता बराललाई चयन गरिएको छ । प्रमुख सचेतक यसअघि पदम गिरी थिए । उनी नयाँ गठबन्धन सरकारमा मन्त्री बनेपछि बर्तौलालाई प्रमुख सचेतक बनाइएको हो ।

उनको बढुवा भएपछि रिक्त स्थानमा बराललाई सचेतकमा नियुक्त गरिएको स्रोतले जानकारी गरायो ।