वैज्ञानिकले पत्ता लगाए पृथ्वीकै ठूला बालुवाका ढिस्कोका रहस्य

दियो पोस्ट  

कामठाडौं । पृथ्वीकै ठुला बालुकाका ढिस्कोका रहस्य पत्ता लगाउन वैज्ञानिकहरु सफल भएका छन् । वैज्ञानिकहरु मोरोक्कोमा रहेको लाला लालिया नामक पृथ्वीकै ठुलो बालुवाको ढिस्को १३ हजार वर्ष पहिले बनेको पत्ता लगाउन सफल भएका हुन् ।

पृथ्वीको सबैभन्दा ठुलो एवम् जटिल मानिएको मोरोक्कोको उक्त बालुवाको ढिस्कोको उमेर पहिलो पटक मापन गरिएको बताइएको छ । विभिन्न विश्वविद्यालयबाट सामेल वैज्ञानिकहरुको टोलीले बालुवाको ढिस्कोको उमेरसँगै त्यसको आकार र मरुभुमिमा कसरी सर्छ भन्ने रहस्यको खुलासा गरेका हुन् ।

विशेषखाले आकार, रहस्यमयी आकृति भएका ति बालुवाको ढिस्कोलाई वैज्ञानिकहरुले अंग्रेजीमा ‘स्टार ड्युन’ नाम दिएका छन् । बालुवाका ति ढिस्काहरु सयौं मिटर अग्ला र ७ सय मिटर चौडाइका छन् । यस्ताखाले ढिस्काहरु अफ्रिका, एसिया, शनि र मंगल ग्रहमा समेत फेला परिसकेका छन् । तर ति ढिस्काहरु कहिले बनेको भन्नेबारे भने वैज्ञानिकले पत्ता लगाउन सकेका थिएनन् ।

मोरोक्कोमा पत्ता लागेको बालुवाको ढिस्कोको उमेरबारेको वैज्ञानिकहरुले आफ्नो शोध प्रकाशित गरेका छन् । युनिभर्सिटी अफ अबरिस्टविथका प्राध्यापक र बर्वबेक युनिभर्सिटीका प्राध्यापक चाल्र्स ब्रिस्टोसँग मिलेर उक्त शोध ‘साइन्टिफिक रिपोर्ट’मा प्रकाशित गरिएको छ ।
उक्त शोधमा उल्लेख गरिएअनुसार मोरोक्कोमा फेला परेको स्टार ड्युन्स विपरित तर्फबाट आएको हावाको कारण बन्ने गर्छन् । सुरुमा बनेको उक्त बालुवाको ढिस्को ८ हजार वर्षसम्म बृद्धि भएको थिएन । तर पछिल्ला केहि हजार वर्षहरुमा भने उक्त बालुवाको ढिस्कोको आकार तिब्र रुपमा बृद्धि भएको थियो ।

TATA ADD