नवराज दाहालसँग पर्यटन वार्ता : ‘घाटामा ट्रेकिङ्ग बुक गराउने र झमेला दिएर पैसा असुली बढ्यो’

दियो पोस्ट  

काठमाडौं । तीन दशकदेखि पर्यटन व्यावसायमा आवद्ध नवराज दाहाल स्टोनियाका लागि नेपाली वाणिज्यदूत हुन् । उनी ट्रेकिङ्ग व्यावसायीहरुको छाता संगठन ट्रकिङ्ग एशोसिएशन नेपाल टानका पूर्वअध्यक्ष समेत हुन् ।

नेपालमा पर्यटनको संभावना, पर्यटकले खेप्नुपरेको समस्या र सरकारको नीतिगत समस्याबारे दियोपोस्टले दाहालसँग पर्यटन वार्ता गरेको छ । प्रस्तुत छ दाहालले व्यक्त गरेको भनाईको सम्पादित अंशसहितको भिडियो वार्ता :

नेपालमा सबै प्रकारका पर्यटकको सम्भावना भएको देश हो । कोभिड पछिको पर्यटन व्यवसायी ठिक्कै छ । नेपालमा आउने पर्यटक पदयात्रा र हिमाल आरोहण गर्न आउने हुन् । हाम्रा नदिनालाको अवलोकन र सांस्कृतिको दृश्याबलोकन हुन् ।

पर्यटकका लागि सोचेजस्तो विमानस्थल छैन् । यही विमानस्थलमा पनि सुविधा छैन् । इमिग्रेसनमा भएका कर्मचारीले नानाथरी प्रश्न गरेर पर्यटकलाई हरान पार्छन् । इमिग्रेसनको लाईनमा घन्टौ बस्नु पर्ने हुन्छ । विभिन्न अनावश्यक प्रश्नहरुको थुप्रो लगाउने चलन छ । विमानस्थल ट्याक्सीको ठगिकाण्ड त्यतीकै छ ।

कानूनी प्रावधानको कुरा गर्ने ऐनकै समस्या छ । पोलिसी राम्रो छैन् । नेपालमा पर्यटकले तिर्नुपर्ने रकम जताततै तिर्नुपर्ने भएको छ । काठमाडौंदेखि सगरमाथाको आधारशिविरसम्म पर्यटकले हैरानी खेप्नुपर्छ ।

होटलमा राम्रो खाने बस्ने सुविधा समेत छैन । पदयात्री पर्यटकलाई हिमाल चढ्ने क्रममा विरामी बनाएर पर्यटकसँग रकम असुलेका प्रसस्तै उदाहरणहरु छन् ।

नेपालमा जतिपनि आएका पर्यटकहरु निजिक्षेत्रकै प्रयासबाट आएका छन् । राज्यको मूख्य भूमिका छैन । पर्यटन बोर्ड सेतो हात्ती पाले जस्तो छ । त्यसलाई राजनीतिक कार्यकर्ता भर्तिकेन्द्र बनाइएको छ ।
व्यवसायीहरुमा हेपाहा प्रवृत्ति पनि छ । घाटामा ट्रेकिङ्ग बुक गर्ने र अनेकौ झमेला दिएर धेरै पैसा असुल गर्ने चलन बढेको छ ।

एभरेष्ट ट्रेकिङ १४ दिनको हुन्छ । १५ देखि १७ सय डलरले पनि ट्रेकिङ्ग प्याकेजको खर्च उठ्दैन । तर, यहाँ ७ देखि ८ सयमा बुकिङ्ग विक्री खुलाइएको छ । यसले यो क्षेत्रमा विकृति झनै मौलाएको छ ।

पर्यटनको सम्भावना छ भनेर मन्त्रालय बनाएका हौँ । पर्यटन महाशाखा बनायौँ । निजी क्षेत्रका लागि पर्यटन बोर्ड बनायौँ । मूख्य भूमिका पर्यटन मन्त्रालयको हो ।