अर्चना पनेरु प्रहरी खोरमा

दियो पोस्ट  

काठमाडौं, ८ चैत्र । पोर्नस्टार बन्छु भन्दै अभिव्यक्ति दिँदै आएकी अर्चना पनेरुलाई प्रहरीले पक्राउ गरेको छ । चलचित्र निर्देशक राजु गिरी र अर्चना पनेरु सहितको टिमलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
पोखराको खाल्टे मसिने भन्ने स्थानमा सुटिङ गरिरहेको अवस्थामा  रामबजार प्रहरी चौकीले उनी सहितको टोलीलाई नियन्त्रण गरेको हो ।
चलचित्र विकास बोर्डबाट स्विकृति नलिई फिल्म सुटिङ गरेको उनीहरुमाथि अभियोग छ ।