बाँदरलाई थापेको धरापमा परी बालकको मृत्यु

दियो पोस्ट  

खोटाङ, ९ चैत । बाँदरलाई थापेको धरापमा परी खोटाङमा एक बालकको ज्यान गएको छ ।

बाँदर मार्न जङ्गलमा थापिएको धरापले किचेर च्यास्मिटार–४ का दिलकुमार राईका नौ वर्षीय छोरा प्रकाश राईको ज्यान गएको हो ।

गाई चराउन जङ्गल गएका बालकको सोमबार दिउँसो धरापले किच्दा घटनास्थलमै ज्यान गएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीका अनुसार गाउँमा बाँदरले दुःख दिएपछि घरदेखि केही टाढा पर्ने जङ्गलमा धराप थापिएको थियो ।

धरापमा परेर मरेका बालकको शव परीक्षण गर्न जिल्ला अस्पताल खोटाङ ल्याइँदैछ । घटनाको अनुसन्धान गर्न कार्यालयबाट आज बिहान प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने च्यास्मिटारमा बाँदरले खेती लगाउन नदिएपछि धराप थापेर मार्ने गरिएको छ