भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका पार्टी कार्यलय धुम्बाराहीमा, आजै अन्त्येष्टि

दियो पोस्ट  

काठमाडौँ, फागुन १९ । उपचारका क्रममा शनिबार राति दिवङ्गत नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ ।

बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र सोही पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत पूर्वउपप्रधामन्त्री अधिकारीलाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

पार्टी कार्यालय धुम्बाराही पुगेर अध्यक्षद्वय ओली र प्रचण्डले दिवंगत अधिकारीको शवमा राष्ट्रिय झन्डा ओढाएका हुन्। 

हिजो राती ९ बजेर ३४ मिनेटमा अधिकारीको ह्याम्स अस्पतालमा निधन भएको थियो।