नेपाल बन्दको अवज्ञा गरेको भन्दै विप्लव समुहद्वारा धादिङमा मालबाहक ट्रक तोडफोड

नेपाल बन्दको अवज्ञा गरेको भन्दै विप्लव समुहद्वारा धादिङमा मालबाहक ट्रक तोडफोड

दियोपोस्ट संवाददाता


धादिङ, ३० फागुन । नेपाल बन्दको अवज्ञा गरेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले धादिङको निलकण्ठ नगरपालिका –५ ससाहमा एक मालबाहक ट्रकमाथि तोडफोड गरेका छन् ।


विहिबार विहानै ३ बजे नेकपाका कार्यकर्ताले उक्त मालबाहक ट्रकमा आगजनी प्रयास गरेको स्रोतको दाबी छ ।


नेकपा कार्यकर्ताले गाडी तोडफोड गरेर आगजनी गर्ने प्रयास गरेपछि चालकले गाडी भगाएको बताइएको छ । यद्धपी जिल्ला प्रहरी कार्यालय धादिङले भने घटनाबारे अनविज्ञता प्रकट गरेको छ ।

० Comments




Trending News