कञ्चनपुर, ५ चैत्र । निर्मला पन्तको बलात्कार र हत्या काण्डमा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज बिष्ट अदालतमा उपस्थित भएका छन् ।उनी मंगलबार बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
उनको बयान लिने तयारी भइरहेको छ। बिष्टसँगै पक्राउ पुर्जी जारी गरिएका तत्कालीन डीएसपी अगुर जिसी भने फरार छन् ।
निर्मला हत्या काण्डमा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी विष्ट र डीएसपी जीसीलाई पक्राउ गर्न जिल्ला अदालतले फागुन २६ मा ३५ दिने म्याद जारी गरेको थियो । सोही कसुरमा मुद्दा लागेका अन्य छ जना भने धरौटीमा छुटिसकेका छन् ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले अदालतमा उपस्थित भएका ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो।