k|d cf]nL– ;+3Lo a}7s ;Daf]wg k|wfgdGqL s]kL zdf{ cf]nL ;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/ a;]sf] ;+3Lo ;+;bsf] a}7snfO{ ;Daf]wg ub}{ . tl:a/M /Tg >]i7, /f;;
काठमाडौँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधि एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण गर्दै विकास निर्माणका अभियानलाई तीब्रगतिमा अगाडि बढाउन सरकार क्रियाशील रहेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारसँगका असहमति वार्ता र संवादबाट समाधान गर्न सरकार तत्पर रहेको बताए । उनले मुलुक जनताका अधिकार सुनिश्चित गर्ने गहन अभिभारा पूरा गर्न सरकार अविचलित भएर अगाडि बढेको बताए ।
चुनौतीको आधार तय गर्न र कानून निर्माणका दृष्टिले यो वर्ष ठूलो उपलब्धिको वर्षका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधानअनुसार निर्वाचनपछि तीनै तहका सरकारको गठन भई संस्थागत भएको बताउनुभयो । उनले भने, “विगतका राजनीतिक उपलब्धि जोगाउन सक्ने भएका छौँ, विगतका तिता अनुभव जस्तो हुन दिँदैनौ, गत वर्षको फागुन २१ गतेबाट शुरु भएको संसद् अधिवेशनमा सफलताको वर्ष मनाएका छौँ ।”
संविधान कार्यान्वयन, संरचना निर्माण, संरचनाको व्यवस्थापन सुसञ्चालन सहज नभएपनि सहज रुपमा पार गरेको बताउँदै उनले संविधानको भावी कार्यान्वयनका लागि नजिर निर्माण, कानून निर्माण मौलिक हकलगायत थिति प्रारम्भ गरेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले संसदमा मतभेद बिना धेरै कानून निर्माण हुनु आसाधारण विषय भएको बताए ।
उनले भने, “भ्रष्टाचार नियन्त्रणका लागि कानूनी कारवाही गर्न जस्तोसुकै परोस् ढाकछोप हुँदैन । यसमा सरकार सहदैन र कारवाही हन्छ ।” अन्तर्राष्ट्रिय मामिलाका सम्बन्धमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अभिवाज्यताको रक्षा र संवर्धन सरकारको आधारभूत नीति र दृष्टिकोण भएको बताए ।
छाटो अवधिमा नेपालले महिला सहभागिताका सम्बन्धमा उल्लेख्य उपलब्धी हासिल गरेको बताउदै उनले विकसित र ठूला राष्ट्रभन्दा नेपाल अघि रहेको धारणा व्यक्त गरे । शैक्षिक क्षेत्रमा उल्लेख्य उपलब्धि प्राप्त भएको बताउँदै प्रधानमन्त्री ओलीले दुई वर्ष भित्र निरक्षरता उन्मुलनका लागि धेरै काम गरिरहेका जानकारी गराए । सरकार गठन भएपछि समयमै विद्यालयमा पाठ्यपुस्तक पु¥याएको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले भने, “खाद्यान्नको अभाव हुन दिइएको छैन, महिलाको प्रजनन अधिकारका लागि हवाई सेवा दिएर पनि मातृशिशुको ज्यान बचाएका छौँ । करीब ८०० किमी सडक बाटो कालोपत्रे भएको छ । यो विकास निर्माणको आधार वर्ष हो ।”
यो वर्ष धान उत्पादनमा नौ प्रतिशत वृद्धि भएको उल्लेख गर्दै उनले विकास निर्माणका काम तीब्रगतिमा अघि बढेको तथा वन विनाश पनि रोकिएको बताए । वन क्षेत्र ४५ प्रतिशत पुगेको र अब वनलाई कृषिमा जोड्न नीतिगत रुपमा सरकार अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले पुनःनिमार्णमा पनि उल्लेख्य प्रगति हासिल गरेको जानकारी गराए ।