काठमाडौं, चैत ११ । निर्वाचन आयोग आईतबारदेखि प्रमुख विहीन भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको ६ वर्षे पदावधि सकिएपछि आयोग प्रमुख बिहीन बनेको हो । उहा“संगै निर्वाचन आयुक्त इला शर्माले पनि अवकास पाउनु भएको छ । संविधान बमोजिम आयोगका पदाधिकारीको कार्यकाल ६ वर्ष रहने ब्यवस्था छ ।
आइतबार एक समारोहकाबीच प्रमुख निर्वाचन आयुक्त डा. यादव र आयुक्त शर्माको बिदाई गरिएको थियो । डा. यादव २०६३ सालमा निर्वाचन आयुक्तमा नियुक्त हुनुभएको थियो । त्यसैगरी उहां पुन २०६९ सालमा निर्वाचन आयुक्तको पदमा नियुक्त हुनुभएको थियो । २०७२ मंसिरमा उहा“लाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गरिएको थियो ।आयोगको ६७ वर्षको इतिहासमा आयोगभित्रैबाट प्रमुख निर्वाचन आयुक्त हुने उहा तेस्रो व्यक्ति हुनुहुन्थ्यो ।
२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचन र २०७० मा भएको संविधानसभा दोस्रो निर्वाचनमा निर्वाचन आयुक्तको रुपमा डा यादवले भूमिका निर्वाह गर्नुभएको थियो । प्रमुख निर्वाचन आयुुक्तको रुपमा उहा“ले पहिलो पटक भएकोे संघ, प्रदेश, स्थानीय तह, राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
मधेशवादी दलहरुले स्थानीय तहको निर्वाचनको बहिष्कार गरेको उद्घोषसहित आन्दोलन, पटक पटक स्थानीय तहको निर्वाचनको मिति सारिएको अवस्थामा निर्वाचन गराउनुलाई डा. यादवले निकै चुनौतीपूर्ण कार्यको रुपमा लिनुभएको छ । ‘इतिहासको महत्वपूर्ण कालखण्डमा निर्वाचन गराउने जिम्मेवारीलाई राम्ररी निर्वाह गर्न पाएकोमा सन्तुष्ट छु ’ डा यादवले भन्नुभयो ।
आयुक्त शर्मा २०६९ चैत ११ गते नेपाली कांग्रेसको सिफारिसमा आयुक्तमा नियुक्त हुनु भएको थियो । निर्वाचन महिला मैत्री बनाउन, लैगिक संवेदनशीलताको सवालमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउ“दा गौरवको अनुभूति भएको आयुक्त शर्माले बताउनुभयो ।
‘निर्वाचन आयुक्त र प्रमुख निर्वाचन आयुक्तको रुपमा झन्डै ११ वर्ष काम गरे । यसमा मलाई गौरव लागेको छ ।’ प्रमुख निर्वाचन आयुक्तको रुपमा आईतबार अन्तिम दिन आयोगमा हाजिर हुनुभएका डा. यादवले भन्नुभयो ।
निर्वाचन आयोगलाई स्वतन्त्र, संवैधानिक आयोगको रुपमा राख्न निर्वाचन आयुक्तहरुले सशक्त भूमिका निर्वाह गर्दै जानुपर्ने खा“चो औल्याउ“दै उहा“ले भन्नुभयो‘–आयोगलाई स्वायत, निष्पक्ष संवैधानिक निकायको रुपमा यसको प्रतिष्ठा जोगाइराख्नुपर्दछ ।’
उहांले उपनिर्वाचनको व्यवस्थापकीय तयारी अघि बढाउन आयोगका सदस्य तथा कर्मचारीलाई निर्देशन दिनुभयो ।
डा.यादव र शर्माको बिदाईपछि अहिले आयोगमा तीन जना मात्र सदस्य बा“की रहेका छन् । आयोगमा नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल, र सुधीरकुमार शाह हुनुहुन्छ । वरिष्ठताका आधारमा नरेन्द्र दाहाल प्रमुख आयुक्तको दावेदार हुनुहुन्छ । प्रमुख आयुक्त बन्ने दौडमा अवकास पाउन लागेका सचिवहरू ले लविङ तीव्र बनाएका छन । नेपालसमाचारपत्र दैनिकबाट ।