काठमाडौँ, १० चैत । बेल्जियमको राजधानी ब्रसेल्सका विभिन्न स्थानमा हिजो भएको आतङ्कवादी आक्रमणप्रति नेपाल सरकारले भत्र्सना गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी आक्रमणबाट मानवीय क्षति एवम् धेरै अवोध जनता घाइते भएको भन्दै दुःख व्यक्त गरेको छ ।
उक्त आतङ्वादी आक्रमणप्रति नेपाल सरकारले भत्र्सना गर्दै जुनसुकै स्वरुप र स्थानमा हुने त्यस्ता आतङ्कवादी क्रियाकलापको कडारुपमा प्रतिवाद गर्ने विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले उक्त घटनामा भएका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त घृणित कार्यमा संलग्नलाई छिट्टै न्यायिक कठघरामा ल्याउन सफल हुने विश्वाससमेत व्यक्त गरेको छ ।
यस दुःखद् घटनाप्रति नेपाली जनता र नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले बेल्जियमका जनता तथा त्यहाँको सरकारप्रति हार्दिक समवेदना तथा गहिरो सहानुभूति व्यक्त गरेको छ ।