नेकपाको केन्द्रीय कार्यालय साँघुरो, पार्टीको कार्यक्रम गर्न होटल र पार्टी प्यालेस

दियो पोस्ट  

काठमाडौं, चैत १४ । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय साँघुरो हुँदा पार्टीको कार्यक्रम गर्न पार्टी प्यालेसमा हुने गरेको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवै साँघुरो हुँँदा कार्यक्रम गर्न पार्टी प्यालेस हुने गरेको हो ।

डेढ सय भन्दा बढी नेता र कार्यकर्ता हुने कार्यक्रम अधिकाशं पार्टी प्यालेसमा हुने गरेको छ । नेकपाको केन्द्रीय समितिको बैठक बस्न समेत पार्टी कार्यालयमा ठाउँ छैन् । दुई पार्टी एकीकरण पछि बनेको नेकपाको केन्द्रीय सदस्य ४४१ सदस्यीय रहेको छ ।

पार्टी एकता भएको ११ महिना महिना वितिसक्दा समेत केन्द्रीय समितिको एक पटक पनि बैठक बस्न सकेको छैन् । प्रदेशस्तरीय कार्यक्रम गर्न समेत पार्टी कार्यालयमा ठाउँको अभाव रहेको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा डेढ सय जना भन्दा बढी अटाउने हल नै छैन् ।

कार्यालय परिसर पनि साँघुरो रहेको छ । जसको कारण पार्टी कार्यालयमा हुने कार्यक्रम होटल र पार्टी प्यालेसबाट सञ्चालन हुँदै आएका छन् ।

नेकपा तीन नम्बर प्रदेश कमिटीले विहिवार (आज) राजधानीको एक पार्टी प्यालेसमा प्रदेश सदस्यहरुको सपथ कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय साँघुरो भएको भन्दै प्रदेश कमिटीले मिनभवनस्थित एक पार्टी प्यालेसमा कार्यक्रम राखेको छ ।

-पेरिसडाडाँ र धुम्बाराही अटाउनै मुस्किल
-पार्टी प्यालेसमा भाडा तिदै कार्यक्रम

पार्टी एकता भएको ११ महिनापछि प्रदेश कमिटीका सदस्यहरुलाई सपथ गराउन लागेको हो । प्रदेश नम्बर ३ बाट २२१ जना प्रदेश कमिटीका सदस्यहरुले सपथ लिदैछन् । नेकपा प्रदेश नम्बर ३ का सचिव आनन्द पोखरेलले पार्टी कार्यालय साँघुरो भएको कारण पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘पार्टी केन्द्रीय कार्यालयमा डेढ सय भन्दा बढी अटाउने ठाउँ छैन्, चार सय भन्दा बढी सहभागीको व्यवस्थापन गर्नको लागि प्याटी प्यालेसमा कार्यक्रम राखिएको हो ।’ उहाँका अनुसार पाटी प्यालेसको भाडा भने बिल उपलब्ध भएपछि मात्र भन्न सकिने छ ।

तर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने सकेसम्म आफ्नै पार्टी कार्यालयमा कार्यक्रम गर्नु राम्रो भएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो,‘पार्टीको कार्यक्रम पार्टी कार्यालयमा नै गर्दा राम्रो हुन्छ ।’

३ नं प्रदेश संगठन कमिटीको प्रथम वैठक र शपथग्रहण कार्यक्रममा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली रहनुभएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने पत्नी सीता दाहालको उपचारको क्रममा अमेरिकामा रहनुभएको छ ।

पार्टी एकीकरण पछि पहिलो पटक हुन लागेको प्रदेश नम्बर ३ को प्रथम वैठक र शपथग्रहण समारोहमा अध्यक्ष प्रचण्ड भने सहभागी नहुने हुनुभएको छ । प्रचण्ड आज दिउसो ४ बजे अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
नेपालसमाचारपत्र दैनिकबाट