बालकृष्ण ढुंगेललाई जेल हाल्ने सावित्री श्रेष्ठ एयर एशियाको २० करोड काण्डमा मुछिइन्

दियो पोस्ट  

काठमाडौँ । ओखलढुंगाका भूवन भनिने उज्जन कुमार श्रेष्ठको हत्या अभियोग लगाउँदै पूर्व सांसद तथा ओखलढुङ्गाका लोकप्रीय नेता बालकृष्ण ढुङ्गेलले जेल जीवन विताइ सकेका छन् । बालकृष्ण ढुङ्गेललाई जेल हाल्नुपर्छ भन्ने प्रमुख व्यक्ति हुन् उज्जन कुमार श्रेष्ठकी दिदि सावित्री श्रेष्ठ ।

मृतक भनिएका उज्जनकुमार श्रेष्ठको शव अहिलेसम्म पाउन सकिएको छैन । उनको पोस्टमार्टम रिपोर्ट समेत बनेको छैन । तर हत्या नै पुष्टि नभएको मुद्दामा ढुङ्गेल जेलजीवन बिताएर आइसकेका छन् । उनै ढुङ्गेललाई जेल सजाय हुनुपर्छ भनेर निकै ठूलो श्वरमा चिच्याउने–सावित्री श्रेष्ठ एउटा ‘ठूलो रकम हिनामिना’ केसमा मुछिएकी छिन् । काण्ड हो– मलेशियामा मुख्यालय रहेको एयर एशियाले त्रिभूवन विमानस्थललाई बुझाउनुपर्ने २० करोड रुपैया नबुझाई फरार भएको मुद्दा ।


विमानस्थललाई मात्रै होइन राज्यका विभिन्न निकायमा ५० करोड भन्दा बढी रकम नबुझाई एयर एशियालाई नेपालबाट भगाउने प्रमुख पात्र हुन् सावित्री नै कार्यकारी निर्देशक रहेको इन्सेन्टिभ टुर्स एण्ड ट्राभल्सका अध्यक्ष हरिमान लामा ।


यो कम्पनिले नै त्रिभूवन विमानस्थललाई मात्रै २० करोड रुपैयाँ बुझाउनु पर्ने छ । विशेष स्रोतका अनुसार इन्सेन्टिभ ग्रुप अफ कम्पनिजले एयर एशियाबाट विमानस्थललाई भुक्तानी गर्नु पर्ने रकम लिएर जग्गामा लगानी गरेको छ ।


इन्सेन्टिभ ग्रफ अफ कम्पनिजको प्रमुख सञ्चालक मध्येकी हुन्– सावित्री श्रेष्ठ ।


उनका पति गणेशमान लामा र लामाका दाई हरिमान लामाको सेटिङमा विमानस्थलमै पौने ८ करोडको चेक नै गायव भएको थियो । इन्सेन्टिभ ग्रुप अफ कम्पनिजमा सावित्री श्रेष्ठ कार्यकारी निर्देशक छिन् । मुलुकको परिवर्तनका लागि आन्दोलन गर्ने बालकृष्ण ढुङ्गेललाई युद्ध अपराधमा जेल हाल्ने षडयन्त्रको प्रमुख पात्र रहेकी सावित्री श्रेष्ठलाई विभिन्न विदेशी शक्ति केन्द्रले समेत लगानी गरेको यसअघि नै बताइएको थियो । स्रोतका अनुसार सावित्रीले विदेशबाट आएको ‘फन्ड’ जग्गा र इन्सेन्टिभ टुर्समा लगानी गरेकी थिइन् ।


गत असारमा कर्जा सुचना केन्द्रले कालो सुचीमा समेत राखेको थियो । बैंकबाट लिएको ऋण नतिर्ने, विमानस्थललाई बुझाउनु पर्ने करोडौँ रकम नबुझाई हिँड्ने तर आफू भने महँगा गाडीमा हिँड्ने गरेको यो परिवारलाई अहिलेसम्म राज्यले भने कारबाही गर्न सकेको छैन ।


गत असार २५ गते इन्सेन्टिभ समुहका अध्यक्ष हरिमान लामालाई कर्जा सुचना केन्द्रले कालोसूची नम्बर १०१०५ मा मंसिर ३ गते कालोसूचीमा राखेको थियो ।


अध्यक्ष लामासहित त्यसबेला सावित्रीका पति गणेशमान लामा, सावित्री श्रेष्ठ र मञ्जु तामाङ लामासमेत कालोसुचीमा परेका थिए ।

कर्जा सुचना केन्द्रको कालो सुचीमा रहेका सावित्रीको परिवारले दुई वटा छुट्टा छुट्टै गाडी किनेको समेत सार्वजनिक भएको थियो । दुई वटा क्रेटा कारमा सावित्रीका दम्पत्ति र हरिमानका दम्पत्तिलाई काठमाडौं सहरमा कुनै निकायले कारबाही गरेको छैन । ओखलढुङ्गाको पोकलीमा सामान्य परिवारमा जन्मेकी सावित्रीको यतिबेलाको जीवन भने निकै हाईफाइ रहेको बताइन्छ ।

के हो सावित्री समलग्न कम्पनि ?

मलेसियाको एयर एसिया एक्सको जेनरल सेल्स एजेन्ट जिएसए लिने नेपाली एजेन्ट हो इन्सेन्टिभ टुुर्स एण्ड ट्राभल्स ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटन वोर्ड दुवै गरी ३० करोड रुपैयाँ तिर्न अटेरी गरेपछि एयर एशियाको उडान गत असोजदेखि बन्द भएको थियो ।

उक्त एयरलाइन्सले २० करोड हाराहारी करोड रुपैयाँ हाराहारी बक्यौता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई र पर्यटन बोर्डलाई पनि ७ करोड २३ लाख रुपैयाँ तिर्नुपर्ने रहेको बताईन्छ ।

वक्यौता रकम धेरै भएपनि नतिरेका कम्पनिका अध्यक्ष हरिमान लामा र विमानस्थल कर्मचारीको मिलेमतोमा गत मंसिरमा विमानस्थल कार्यालयबाट १० वटा चेक गायब पारिएको थियो ।

इन्सेन्टिभ्स टुर्स प्रालिले बुझाएको भनिएको ७ करोड १४ लाख रुपैयाँको चेक गायव पारिएको थियो । स्रोतका अनुसार त्यतिबेला विमानस्थल कर्मचारी र हरिमान लामाको मिलेमतो थियो ।

उक्त रकम एयर एसियाले त्रिभुवन विमानस्थल प्रयोग गरेबापत कार्यालयलाई बुझाएको सेवाशुल्क रकम थियो। तर, चेकमा भएको रकम लामा समुहले पहिले नै निकालेको स्रोतको दाबी छ । चेक बाउन्समा पर्ने डरले चेक गायब पारिएको थियो ।

एयर एसिया एक्सले एयरबसको वाइडबडी विमानबाट सातामा चार उडानभर्दै आएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा धेरै तिर्न बाँकी विदेशी एयरलाइन्समा एयर एसिया एक्स नै हो । उक्त एयरलाइन्सले सातामा चार दिन क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर सीधा उडान भर्दै आएको थियो ।

याे पनि पढ्नुहाेस्

एयर एशियाका नेपाली एजेन्टको ‘धन्दा’ : विमानस्थललाई बुझाउनुपर्ने करोडौँ कुम्ल्याएर जग्गादलाली !