आफैंले पैसा उठाएर, पसिना बगाएर बनाएको महायज्ञको मण्डपबाट दलित लखेटिए

दियो पोस्ट  

वीरगन्ज चैत १५ । बारामा मन्त्रीले उद्घाटन गरेको महायज्ञमा दलित समुदायलाई पूजामा रोक लगाइएको छ । बाराको परवानीपुर गाउँपालिका, १ बुनियादमा बुधबार सुरु भएको विष्णु महायज्ञको उद्घाटन प्रदेश, २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरेका थिए ।

महाययज्ञको तयारीका काममा भने दलितहरु खटेका थिए । मण्डप बनाउने, सफा गर्ने काम दलितले पनि गरेका थिए । उनीहरुले प्रतिघर एक हजारका दरले चन्दा पनि दिएका थिए । तर, उद्घाटन पूजामा आफूहरुलाई बस्न नदिइएको स्थानीय राजेश चमारले बताए ।

महायज्ञ आयोजक समितिका अध्यक्ष तथा वडाध्यक्ष मिश्री महतोसहितका पदाधिकारीले उद्घाटनको दिन आफूहरुलाई पूजामा बस्न नदिएको चमाले बताए ।
नयाँपत्रिका दैनिकबाट