ल्हारक्याल लामा ३० लाख धरौटीमा रिहा

ल्हारक्याल लामा ३० लाख धरौटीमा रिहा

काठमाडौँ, १० चैत । एकीकृत नेकपा (माओवादी)का निलम्बित सांसद् ल्हारक्याल लामा वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा ३० लाख धरौटीमा रिहा भएका छन् ।

वैदेशिक रोजगार विभागका प्रवक्ता एवम् निर्देशक जनक रेग्मीले वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा आज लामाकोे बयान लिएपछि रु ३० लाख धरौटीमा छाड्ने निर्णय गरिएको बताए।

गत फागुन ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाको सम्पत्ति छानबिनका क्रममा बैंकको लकर जाँच गर्दा १४ थान गोली बरामद भएपछि उनी पक्राउ परेका थिए ।

पक्राउ परेका लामालाई गोली बरामद भएपछि गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा छोडे लगतै वैदेशिक रोजगारीसम्बन्धी ठगीको पुरानो मुद्दामा विभागको आग्रहमा प्रहरीले पुनःपक्राउ गरेको थियो ।

पीडित केशवबहादुर गुरूङले आफूलाई दुई वर्षअघि वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिएर नपठाएको भन्दै लामाविरूद्ध विभागमा उजुरी दिएका थिए ।

प्रवक्ता रेग्मीले लामा रिहा भए पनि उनकका बारेमा परेको उजुरीका सम्बन्धमा छानबिन जारी रहेको जानकारी दिए ।

Trending News