2016-03-25 08:16
पोखरा, १२ चैत । यहाँका दुई समाजसेवी महिलाले रु २० लाख ७० हजार ९१३ सङ्कलन गरी भूकम्पपीडितलाई वितरण गरेका छन् ।
समाजसेवी द्वय रुद्रकुमारी गुरुङ र लक्ष्मीदेवी गुरुङले विदेशमा रहेका आफन्तसँग सम्पर्क गरी सहयोग जुटाएर वैशाख १२ र २९ गते गएको भूकम्पबाट घर क्षति भई उठीबास भएका पीडितहरुलाई नगद र जिन्सी सहयोग गरेको बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बताइन ।
अमेरिका, बेल्जियम, नर्वे, बेलायतमा बस्दैआएका नेपाली र स्थानीय सहयोगदाताबाट लक्ष्मीदेवीले रु १० लाख ७३ हजार ४०५ र रुद्रकुमारीले रु नौ लाख ९७ हजार ५०८ सहयोग सङ्कलन गरेकि थिइन ।
भूकम्पबाट बढी क्षति भएका गोरखा, धादिङ, लमजुङ, तनहुँ र सिन्धुपाल्चोकका भूकम्पपीडितलाई उनीहरु आफै ती ठाउँमा गई रकम वितरण गरकी छन्।