अहिले संविधान कार्यान्वयन र पुनर्निमाणको चुनौति छः प्रचण्ड

अहिले संविधान कार्यान्वयन र पुनर्निमाणको चुनौति छः प्रचण्ड

तनहुँ, १३ चैत । एमाओवादी अध्यक्ष प्रचण्डले अहिले राष्ट्रका सामु संविधान कार्यान्वय र भूकम्पमा क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणको चुनौति प्रमुख भएको बताए ।
उनले भने ‘संविधान कार्यान्वयन, विकास निर्माण, स्थिरता र शान्तिको निम्ति लगातार आवाज उठाईरहेको छु ।’
नेपालको राजनीतिलाई सकारात्मक दिशातिर लैजान भरपुर कोशिस गरिने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पश्चात भएको चीन भ्रमणले नेपालको आर्थिक विकासको निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ बताए । चीन भ्रमणका क्रममा भएका सम्झौताले रणनैतिक महत्व राख्ने उनको दाबी थियो । ‘संविधान घोषणा पूर्व नेपाली काँग्रेस र नेकपा एमालेसँग एमालेकै नेतृत्वमा सरकार निर्माण गर्ने भन्ने समझदारी भएको हो । त्यसै अनुसार यही सरकारलाई नै राष्ट्रिय सरकार बनाउने हो । यो सरकार फेर्ने आसय विल्कुल होइन ।’
उनले माओवादी पार्टीहरुको बीचको एकताका बारेमा माओवादी धाराहरु एकठाउँमा नआई सुखै छैन । उनले मधेसका जनतामा अझै संत्रास रहेको बताउँदै त्याहाँको स्थिति अझै सहज भई नसकेको बताए । उनले मधेसको समस्या छिट्टै बैठक बसेर हल गर्ने बताए ।
प्रचण्डले पुनर्निमाण, विकास, संविधान कार्यन्वयन गर्न र जनताको जीवनमा परिवर्तनको अनुभूत गराउन पनि राष्ट्रिय एकता अनिवार्य भएको बताए ।

Trending News