मदिरा सेवन गरि अाफ्नै अामाकाे हत्या

दियो पोस्ट  

दाङ १३ चैत्त । लमही  नगरपालिका अन्तर्गत अर्नवाका एक युवकले आफ्नी आमाको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरि विमल रावतले आफ्नै ८० वर्षिय आमा मंगलादेवि रावतलाई कुटपिट पछि हत्या गरेका हुन् । गत ८ गते मादक पदार्थ सेवन गरि आमा मंगलादेबीलाई निर्घात कुटपिट गरि विमल फरार भएका थिए ।

आमाको मृत्युपछि प्रहरीले छोरा ३२ वर्षीय विमल रावतलाई  नियन्त्रणमा लिएको छ ।  मंगलादेबीको उपचारका क्रममा शुक्रबार राती राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा मृत्युभएको हो ।
फरार विमललाई जिल्ला प्रहरी कार्यालय दाङको सादा पोसाकका प्रहरीले सैघा गाविस ९ लिथानबाट पक्राउ गरेको हो । घरमा सामान्य बिषयहरुमा पनि विवाद भैरहने र मादक पदार्थ सेवन गरेका छोरा बवमलले मरणासन्न हुने गरि कुटपिट गरेको स्थानियको भनाई छ ।