डडेल्धुरा, चैत्र ८ जिल्ला दैवि प्रकोप उद्धार समितिलाई रुडुक डडेल्धुराले दैवि प्रकोपका बेला आवश्यक पर्ने विभिन्न किसिमका उद्धार सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
पहल कार्यक्रमको आर्थिक सहयोगमा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराले विभिन्न १९ प्रकारका उद्धार सामाग्री जिल्ला दैवि प्रकोप उद्धार समिति डडेल्धुराका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेललाई रुडुकका कार्यकारी निर्देशक रोहित देउवाले एक कार्यक्रम बिच
हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण गदै देउवाले भने आइपर्ने दैविकि समस्याको समयमा अलिकति भएपनि राहत हुने बताए ।
सामाग्रीहरु बुझ्दै संयोजक तथा प्रमुख जिल्ला अधिकारी ज्युले यो सामाग्रीले दैवि प्रकोपका बेला उद्धार गर्नमा सहयोग पुग्ने बताउनु भयो ।