‘प्रश्नहरुको कारखाना’माथि अन्तक्र्रिया

दियो पोस्ट  

त्रिशूली(नुवाकोट), १४ चैत । कवि सरिता तिवारीको कविता कृति ‘प्रश्नहरुको कारखाना’ ले समाजसँग अन्तरसंवाद गरेको समीक्षकले बताएका छन् ।
सदरमुका विदुरमा महाकवि देवकोटा साहित्य प्रतिष्ठानद्धारा आयोजित चितवनका कवि सरिता तिवारीको कविताकृति ‘प्रश्नहरुको कारखाना’माथि अन्तक्र्रिया गर्दै सहभागीले कृतिले उत्पीडन र विभेदलाई उजागर गरेको बताए । कार्यक्रममा कवि भूपाल राईले तिवारीको कविता अहिलेको समयको शक्ति भएको बताए। उनले “तिवारीका कविताले समाजसँग अन्तरसंवाद गरेको छ, अन्तरविरोधसँग अन्तरसंवाद गरेको छ, समग्रमा अहिलेको समाजसँग प्रश्नहरुको कारखाना खडा गरेको छ ।”
विश्लेषक युग पाठकले तिवारीको कवितासङ्ग्रह समाजको प्रश्न भएकाले यसको जवाफ अहिलेको समाजले दिनुपर्ने बताए ।
प्रतिष्ठानका सचिव नारायण नेपालको सभापतित्वमा शनिबार भएको कार्यक्रममा साहित्यकार प्रकाश चापागाईं, शिक्षक रामहरि आचार्य, समाजसेवी रामहरि रिमाल बाजे, प्रगतिशील लेखक सङ्घ नुवाकोटका अध्यक्ष नवदीप अजनबी लगायतले मन्तव्य राखेका थिए । सुमित्रा सुमीले कवि तिवारीका कविता वाचन गरेकि थिइन ।

TATA ADD