एजेन्सी । कोरोना भाइरसको कारण इटलीमा मर्नेहरुको आंकडा बढेको छ ।
इटलीमा शुक्रवारको रेकर्ड अनुसार ६ सय २७ जनाको मृत्यु भएको छ । जुन यसभन्दा अघिका सबै दिनहरु भन्दा धेरै हो ।
इटलीमा कोरोना भाइरसको कारण मर्नेहरुको संख्या ४ हजार ३२ जना पुगेको छ । इटलीको उत्तरी क्षेत्र लम्बर्डीमा सबैभन्दा बढीको संख्यामा मृत्यु भइरहेको छ ।