नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या बढी

दियो पोस्ट  

वालिङ, १६ चैत । इलाका प्रशासन कार्यालय वालिङमा नागरिकता बनाउनेभन्दा राहदानी लिन आउने सेवाग्राहीको सङ्ख्या बढिरहेको छ ।

वैदेशिक रोजगारी या अध्ययन वा भ्रमणका लागि विदेश जान चाहने सेवाग्राहीले दैनिकजसो ३०÷३५ जनाले राहदानी बनाउन आउने गरेको कार्यालय प्रमुख दामोदर शर्माले बताए ।

चालु आवको साउनदेखि चैत १५ गतेसम्मको अवधिमा इलाका प्रशासन कार्यालय वालिङबाट कुल तीन हजार ३७१ जनाले सेवा लिए भने काठमाडौँबाट द्रुत सेवा लिनेहरु झन्डै एक हजार ३००को सङ्ख्यामा रहेको कार्यालय प्रमुख शर्माले बताए।

राहदानी लिनेहरुमा महिलाभन्दा पुरुषको सङ्ख्या बढिरहेको छ । यस कार्यालयमा नागरिकता बनाउनका लागि दैनिक २५÷३० जना सेवाग्राही आउने गरेका छन् । इलाका प्रशासन कार्यालय वालिङले वालिङ र चापाकोट नगरपालिकासहित २७ गाविसमा सेवा प्रवाह गर्दै आएको छ ।