त्रिशूली नुवाकोट०, १८ चैत । भूकम्पबाट प्रभावित जिल्लाका पशुपालक किसानलाई पशुका लागि पोषणयुक्त खनिज तत्व वितरण गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको सहयोग तथा जिल्ला पशुसेवा कार्यालयको संयोजनमा सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल ९कार्डसन०सँगको साझेदारीमा खनिजतत्व वितरण गरिएको हो । मदानपुर र बेलकोट गाविसका पशुपालक किसानलाई पोषणयुक्त खजिन तत्व वितरण गरिएको छ ।
पशुपालक किसानलाई खनिज तत्व भएको भिटामिनयुक्त धुलो हरेक किसानलई दुई÷दुई किलोग्रामका दरले वितरण गरिएको हो । खनिजयुक्त बेलकोट गाविसको बेलकोट, अमारे र तिगाउँमा ६०० परिवारलाई पोषणयुक्त खनिज तत्वको प्रतिपरिवार दुई किलोका दरले वितरण गरिएको छ ।
यस्तै मदानपुर गाविसको बाराहीमा पनि ६०० परिवारलाई खनिजतत्व मिनरल मिक्सर वितरण गरिएको छ । भूकम्प प्रभावित समुदायमा पशुपोषण सुधारका लागि खनिज तत्वको महत्वबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले पशुपालक किसानलाई पशु सेवा केन्द्रको सिफारिसमा विशेषगरी दूध उत्पादक किसानलाई प्राथमिकतामा राखेर खनिज तत्वको धुलो वितरण गरिएको जिल्ला पशुसेवा कार्यालय नुवाकोटका प्रमुख खगेन्द्र भट्टले बताउनुभयो ।
भूकम्पबाट प्रभावित किसानलाई आगामी दिनमा दूध उत्पादन बढाउन र मासुजन्य पशुबाट मासुको वृद्धिका लागि खनिजतत्वले भूमिका खेल्ने भएकाले वितरण गरिएको हो । किसानलाई खनिजतत्व दिएर आगामी दिनमा उनीहरुलाई आआफ्ना पशुमा घाँस र दानाको साथमा खनिजतत्व खुवाउने बानी बसाल्न पनि अहिले वितरण गरिको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका नुवाकोटका कार्यक्रम संयोजक महेन्द्र अधिकारीले बताउनुभयो ।
नुवाकोटका ३४ गाविसका १७ हजार किसानलाई ३४ हजार किलो खनिज तत्व वितरण गर्ने योजना रहेको अधिकारीले बताउनुभयो । अहिलेसम्म २४ गाविसका किसानलाई खनिज तत्व वितरण गरिएको कार्यक्रमले जनाएको छ ।